टिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी दिदीबहिनीको मृत्यु
टुडेपाटी–
काठमाडौँ, चैत १६ गते ।
टिपरको ठक्करबाट काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा दिदीबहिनीको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको हो ।
बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिए ।
बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ ।
Sponsored
दुर्घटनापछि टिपर चालक फरार भएका छन् ।
Rip….😥😥😥😥