TodayPati

जलेश्वरको मेयर कस्तो व्यक्ति हुनुपर्छ ? (विचार)

बिट्टु पासवान
जलेश्वर

कुनै दुर्घटना नभए आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निश्चि छ। नयाँ वर्ष २०७९ को पहिलो उपहार आफ्नो शासन आफैले गर्न पाउनु हुनेछ। यतिखेर मुख्य राजनीतिक दलहरु स्थानीय तहमा उम्मेदवार चयन गर्न लागि परेका छन्। पार्टीका उम्मेदवार छान्न कठिन होमवर्क हुँदैछ। संविधानको व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन हुँदैछ तर स्थानीय तहको अधिकार के के छ थोरै नेता तथा जनतालाई मात्र थाहा छ।

संविधानद्वारा प्राप्त अधिकार नै थाहा नपाउँदा जनतामा शासनको पहुँच हुँदैन। फेरि कर्मचारी कै भरमा स्थानीय तह सञ्चालन भएको देखिन्छ । त्यसैले यसपालीको स्थानीय तहको नेता पहिलेको भन्दा विज्ञ र असल हुनुपर्छ। नेता असल भए मात्र जनतासम्म अधिकार पुग्छ।

Sponsored

स्थानीय तहको कुरा गर्दा महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिका गरि १५ वटा स्थानीय तह छ । जस मध्ये एउटा नगरपालिका जलेश्वर धार्मिक रूपले साँच्चै गौरव गर्न लायक छ। जलेश्वर नगरपालिका मेयरको लागि विभिन्न पार्टीका नेताहरूको नाम चर्चामा छ । उनीहरुमा स्थानीय तहको नेतृत्व गर्ने तीव्र अभिलाषा छ । तर संविधाको बारेमा अनभिज्ञता छ।

यो स्थानीय निर्वाचनमा पनि राम्रो मान्छे भन्दा हाम्रो मान्छेलाई च्याप्ने प्रवृत्ति रोकिने छैन। आफ्नो दलको मान्छे आफ्नो गुटको मान्छेलाई उम्मेदवार बनाउन भित्रभित्रै षड्यन्त्रको तानाबाना बुनिँदैछ। दलभित्रको गुटबन्दीका कारण राम्रा मान्छेहरु पाखा पर्ने निश्चि जस्तै देखिन्छ ।

हाम्रा मान्छे कि राम्रा मान्छे ?

Sponsored

देशमा बहुदल आएपछि हामी सारै दलिय भयौ। म वुझे अनुसार एउटा समय त यस्तो थियो की काँग्रेस, कम्युनिष्ट आपसमा पानी बाराबार गर्थे । दलको उम्मेदवार भनेपछि आँखा चिम्लेर भोट हाल्ने हामीले कार्यकर्ता उत्पादन गरेका छौं । आस्था र विश्वास यति बलियो छ कि आफ्नो पार्टी भनेपछि दलका कार्यकर्ता जस्तोसुकै जोखिम उठाउन तैयार हुन्छ। यो स्थानीय निर्वाचनमा पनि राम्रो मान्छे भन्दा हाम्रो मान्छेलाई च्याप्ने प्रवृत्ति रोकिने छैन। आफ्नो दलको मान्छे आफ्नो गुटको मान्छेलाई उम्मेदवार बनाउन भित्रभित्रै षड्यन्त्रको तानाबाना बुनिँदैछ। दलभित्रको गुटबन्दीका कारण राम्रा मान्छेहरु पाखा पर्ने निश्चि जस्तै देखिन्छ ।

यस्तै गलत प्रवृत्तिका बारे करिब नौ वर्षपछि चर्चित र लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम इन्डियन आइडलमा दर्शकहरुको मतबाट एकदमै राम्रो गायिका बाहिरिइन्। त्यस दिन निर्णायकको कुर्चीमा बसेका कवि लेखक जावेद अख्तरले दर्शकहरुसित सारै चित्त दुखाएर भने भारतीय लोकतन्त्रको बेहाल किन र कसरी भइरहेछ भन्ने कुरा तपाईँहरुको मतदानको ढाँचाबाट देखिएको छ।

तपाईँहरुको गुण र क्षमता हेर्नु हुन्न। तपाईँहरु कुनै पनि व्यक्तिलाई नाता सम्बन्ध, आफूसितको निकटता उसले बोल्ने भाषा, उसको धर्मजस्तो कुराबाट मूल्याङ्कन गर्नुहुन्छ र उसलाई पद वा पुरस्कार दिनुहुन्छ। यसो गर्दा तपाईँलाई ठूलो बहादुरी गरे भन्ने लाग्दो होला। तर यसको मूल्य तपाईँका सन्ततिले चुकाउनु पर्नेछ। मान्छे छान्ने यो प्रवृत्तिले हाम्रो देशमा सबै क्षेत्रमा नराम्रोसँग जरा गाडेको छ।

हामी पनि भन्छौं हाम्रो पार्टीहाम्रो जाति, हाम्रो धार्मिक समुदाय, हाम्रो मान्छेलाई भोट दिनुपर्छ। भावी स्थानीय तहको निर्वाचनमा पनि हामीले विगतदेखि भोगेको यै प्रवृत्ति निर्णायक हुन्छ जलेश्वर मेयरमा, हामीले यसरी नै मान्छे छान्ने छौं। हामीले छानेको मान्छे राम्रो र हाम्रो भैइदिए जलेश्वर विकास हुने थियो।

कस्तो हुनुपर्छ मेयर <

संविधानले नगरको प्रमुख र उपप्रमुख र गाउँ कार्यपालिकाको अध्यक्ष उपाध्यक्षको उमेरका न्यूनतम हद तोकेको छ । तर अन्य योग्यता तोकेको छैन। अन्य योग्यता आम नागरिकले आफै तोकेर मतदान गर्ने हो। जलेश्वरको भावी मेयरको पहिलो योग्यता दूरदर्शी नेतृत्व हुनुपर्छ । नेताहरुमा हुनुपर्ने सबैभन्दा ठूलो गुण यही हो। जलेश्वरलाई कति वर्षमा कस्तो बनाउने हो ? यस्तो योजना मेयरमा हुनै पर्छ । जलेश्वर धार्मिक सांस्कृतिक भएको नगर हो भावी पुस्तालाई जस्ताको तस्तै कसरी हस्तान्तरण गर्न सकिन्छ ?

जलेश्वरको जनताले सोच्नुपर्छ सबैभन्दा पहिला सोच्नुपर्छ। मेयरमा सबै कुराको ज्ञाता हुनुपर्छ भन्ने छैन तर उसले ज्ञान हुनेसँग सल्लाह माग्न किञ्चित हिचकिचाउनु हुँदैन। हामीकहाँ नेताहरु सबै कुराको ज्ञाता बनिदिन्छन् समस्या यहीनेर छ। तसर्थ जलेश्वर यस्तो दूरदर्शी र कल्पनाशील हुनुपर्छ कि यो जलेश्वर नगरलाई विदेशी पर्यटकको सबैभन्दा उत्तम गन्तव्य बनाउन सक्नुपर्छ। त्यही आम्दानीले यो नगरको समग्र विकास गरेर सुन्दर नगर निर्माण गर्न सकियोस्।

हाम्रो आचरण र भ्रष्टाचार नियन्त्रण गर्ने खुबी

हाम्रो देशको सबैभन्दा ठूलो रोग हो भ्रष्टाचार । अधिकारले भरिपूर्ण स्थानीय तहमा प्रशस्त आर्थिक संकलन हुने र त्यसको स्थानीय तहमा नै खर्च गर्ने अधिकार हुँदा पोखराको मात्र होइन सबै स्थानीय तहमा नै खर्च गर्ने अधिकार हुँदा जलेश्वरमा मात्र होइन सबै स्थानीय तहको मुख्य नेतृत्वमा भ्रष्टाचार नियन्त्रण गर्ने खुबी हुनुपर्छ। खराब आचरण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउन हुँदैन।

समाजमा गनाएका, दीन दुःखीलाई शोषण गर्ने बहु विवाह गरेका व्यक्तिलाई पार्टीे टिकट दिन हुँदैन। यस्ता व्यक्तिलाई उम्मेदवार बनाइयो भने पार्टीको शान तल र्झछ। मनी र मसलको भरमा टिकट दिने प्रवृत्तिले जरा गाडेको हाम्रो समाजमा इमान्दार कार्यकर्ताहरु अन्यायमा परेका हुन्छन्। अहिले स्थानीय निकायमा भएको भ्रष्टाचार छताछुल्ल छ तसर्थ अब स्थानीय तहमा त्यस्तो भ्रष्टाचार हुन नदिन भ्रष्टाचार नियन्त्रण गर्न सक्ने व्यक्तिलाई जलेश्वरलाई बनाउनु पर्छ। त्यसैले हाम्रो जलेश्वरलाई राम्रो जलेश्वर बनाउन इमान्दार, सक्षम, योग्य र दूरदर्शी मेयर रोजौं।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *