सर्लाहीमा मोटरसाइकल पोलमा ठोक्किँदा दुई युवकको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका मलंगवाकै २६ वर्षीय मकवुल लहेरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
लहेरीलाई भने थप उपचारका वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Sponsored
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।