आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव
टुडेपाटी–
काठमाडौँ, चैत १५ गते ।
इन्धनको खपत घटाउन नेपाल आयल निगमले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ।
निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि बिदा थप्न सुझाव दिएको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायले बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने जानकारी दिएका छन् ।
निगमले निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको हो । जोरबिजोर प्रणालीका कारण पेट्रोलियमको खपत कम हुन गई निगम र देशको व्यापार घाटामा सकारात्मक प्रभाव पर्ने निगमको ठम्याइ छ।
निगमले पेट्रोलियमबाट प्रतिलिटर १५ रुपैयाँ कर घटाउनुपर्ने माग पनि गरेको छ।
निगमले इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाएको हो ।
Sponsored