TodayPati

शनिवार प्रधानमन्त्री देउवा र मोदी रेलको भर्चुअल्ली उद्घाटन गर्दै

टुडेपाटी–
जनकपुरधाम, चैत १५ गते ।

डेढ महिनाभन्दा बढी समय देखि ड्राई रन गरिरहेको नेपाल रेल्वे अब यात्रु सहित नियमित सञ्चालन हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपमा शनिबार उद्घाटन गर्ने भएका छन् ।

Sponsored

भारतको भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा भ्रमणकै कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल थनकाएर राखेको डेढ वर्षपछि फागुन १ गते देखि यात्रु बिनाको सञ्चालन गरेको हो ।

Sponsored

उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

रेल सञ्चालनकै लागि गत चैत ८ गते राष्ट्रपति कार्यालयबाट रेलवे अध्यादेश जारी भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *