TodayPati

यी हुन् मिथिला नगरपालिकामा विभिन्न दलबाट मेयर पदका आकंक्षी

टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।

अगामी स्थानीय तहको निर्वाचन आउन अब मात्र ४४ दिन बाँकी छ । चुनाव नजिकिएसंगै पालिकाहरुमा हरेक दलबाट उम्मेदवार बन्न हानथाप सुरु भएको छ ।

एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ वटा पालिका रहेको धनुषामा पनि चुनावी सरगर्मी बढेको छ । जसमध्ये धनुषा जिल्लाकै मिथिला नगरपालिका पनि एक हो । मिथिला नगरपालिकामा चुनावी सर्गर्मी छ । यस नगरपालिकामा विभिन्न दलबाट मेयर पदका लागि थुप्रै आकंक्षी देखिएका छन् ।

Sponsored

यस नगरपालिकामा गएको २०७४ को स्थानीय निर्वाचणमा नेकपा एमाललेबाट मेयरमा हरिनारायण महतो र उपमेयरमा एमालेबाटै तारा लामा बस्नेत जितेकी थिइन् । मिथिला नगरपालिकामा कार्यकर्ताको संख्याका हिँसाबले नेपाली काँग्रेस पहिलो स्थानमा देखिन्छन् भने दोश्रोमा एमाले छन् । तेश्रोमा नेकपा माओवादी केन्द्र, चौथोमा नेकपा एकीकृत समाजवादी र पाँचौ स्थानमा जनता समाजवादी पार्टी (जसपा) र त्यसपछि अन्य दलहरुको उपस्थिति रहेको विगतको चुनावी तथ्यांकले देखिन्छ ।

काँग्रेस पहिलो दलको हैसितमा हुँदाहुँदै गत स्थानीय निर्वाचनमा आफ्नै पार्टीबाट मेयरमा बागी उम्मेदबार बन्दा पराजय बेहोर्नु परेको थियो । काँग्रेबाट मेयरका उम्मेदवार राजकुमार महतो भने काँग्रेसकै बागी राजाराम महतो स्वतन्त्रबाट उम्मेवारी दिएका थिए । काँग्रेससंग नेकपा माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको थियो । एमालेका उम्मेदवार हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए ।

निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार राजकुमार महतोले ५ हजार १७८ ल्याएका थिए भने राजाराम महतोले ३ हजार ५०३ मत ल्याएका थिए । काँग्रेसको बागी उम्मेदवारले एमालेलाई फाइदा भएको थियो । गठबन्धनमा समेत अन्तरघात भएको काँग्रेस र माओवादीले आरोप प्रत्यारोप गरेको थियो । पार्टी विभाजनको कारण एमाले पहिले भन्दा कमजोर भएको चर्चा छ ।

Sponsored

मेयर पदमा एमालेबाट फेरि हरिनारायण आकंक्षी

एमालेबाट अगामी निर्वाचनमा बर्तमान मेयर हरिनारयाण महतो फेरि उम्मेदवारको आकंक्षी देखिएका छन् । पार्टीले टिकेट दिने निर्णय गरे आफू फेरि मेयर पदमा लड्ने महतोले बताए । मेयर पदमा अन्य आकंक्षी भने एमालेमा नदेखिएको उनको भनाइ छ । यद्यपी मेयर पदमा वर्तमान उपमेयर तारालामा बस्नेत समेत आकंक्षी हुन् । महतो र बस्नेत बाहेक एमाले नेता टंकप्रसाद बराल पनि मेयर पदको आकंक्षी रहेको चर्चा छ ।

काँग्रेसबाट धेरै आकंक्षी

मिथिला नगरपालिकामा मेयर पदमा सबभन्दा बढी आकंक्षी काँगेमा देखिएका छन् । काँग्रेसबाट गत चुनावमा मेयर पदमै पराजित भएका राजकुमार महतो पनि दावेदार छन् । गत चुनावमा पार्टी भित्रै बागी भएको कारण पराजय बेहोर्नु परेकाले यसपटक पुनः मेयरमा भिड्ने तयारीमा रहेको उनले बताए । उनी शेखर कोइराला निकट नेता हुन् ।

काँग्रेबाटै बिमलेन्द्र निधि समूहका राजलाल महतो समेत मेयर पदका आकंक्षी छन् । त्यस्तै संस्थापन पक्षाका समिर घिमिरे, बुधेश्वर महतो, महेन्द्र महतो पनि टिकटका लागि दावी गरिरहेका छन् । यस्तै जोगी महोत र महेश बस्नेत पनि आकंक्षी छन् ।

माओवादीबाट तीनजनाको चर्चा

नेकपा माओवादी केन्द्रबाट रामकुमार महतो, जगेश्वर महतो र भुपाल बराल मेयर पदका आकंक्षी छन् । यद्यपी अरु पनि आकंक्षी हुन सक्ने नेता रामकुमारले बताए । पार्टीको निर्णयले उम्मेदवारको अन्तिम टुंगो लाग्ने उनको भनाइ छ ।

समाजवादीबाट शोम शर्मा र सूर्य पुडासैनीको चर्चा

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजावदी पार्टीबाट पनि दुईजना आकंक्षी देखिएका छन् । मिथिला नगरपालिकामा एमालेभन्दा शक्तिशाली रहेको दावी गरिरहेको एकीकृत समाजवादीमा शोम प्रसाद शर्मा र सूर्य पुडासैनी उम्मेदवारका आकंक्षी हुन् । शर्माले आफू मेयर पदको आकंक्षी रहेको बताए । आफ्नो आलावा पुडासैनीले पनि सो पदमा इच्छा जाहेर गरेको शर्माको भनाइ छ ।

जसपाबाट एक मात्र आकंक्षी चन्देश्वर महतो

जनता समाजवादी पार्टीबाट मेयर पदमा एक मात्र आकंक्षी चन्देश्वर महतो देखिएका छन् । उनी जसपका त्यस क्षेत्रका प्रभावशाली नेता हुन् । पार्टी भित्र आफूलाई नै मेयर पदमा लड्नु पर्ने दबाब बढेकाले आकंक्षी बन्नु परेको महतोको भनाइ छ ।

माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धनको प्रवल सम्भावना

मिथिला नगरपालिकामा यसपटक माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच चुनावी गठबन्धनको प्रवल सम्भावना छ । काँग्रेस समेत गठबन्धन गर्ने मनस्थितिमा रहेपनि दलभित्रै रहेको मेयर पदपको धेरै आकंक्षीले व्यवस्थापनमा चुनौती देखिएको छ । यद्यपी तीन दल भने चुनावी तालमेलको तयारीमा छन् ।

तालमेल नगरे जित्न गाह्रै पर्ने सम्भावना देखेपछि ती दलहरु भित्र चुनावी तालमेल गर्नुपर्ने जनदबाब छ । माओवादी केन्द्रबाट मेयर पदका आकंक्षी रामकुमार महतोले तालमेलको विषयमा छलफल भइरहेको बताए ।

एकीकृत समाजवादीबाट मेयर पदका आकंक्षी सोम प्रसाद शर्मा पनि तालमेल गरेर जसरी पनि मिथिला नगरपालिकामा झण्डा फहराउनु पर्ने पक्षमा मछन् ।

भ्रष्टाचार र गुण्डागर्दीको दलदलबाट नगरपालिकालाई मुक्ति दिनुपर्ने उनले बताए । जसपा नेता चन्देश्वर महतोले पनि चुनावी तालमेलको पक्षमा रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *