TodayPati

मधेश सरकार : कर्मचारीको नयाँ दरबन्दी संरचना तयार, ३१ सयबाट झण्डै ४८ सय पुर्याइयो

टुडेपाटी-
जनकपुरधाम, चैत १४ ।

मधेश सरकारले लामो प्रतीक्षा पछि प्रदेशमा आवश्यक कर्मचारीहरुको नयाँ दरबन्दी संरचना तयार पारेको छ ।

मुख्यमन्त्री स्तरिय निर्णय बाट २०७८ माघ६ गते मुख्यन्यायाधिबक्ता दिपेन्द्र झाको संयोजकत्वमा गठित प्रदेश संगठन तथा ब्यबस्थापन सर्बेक्षण समितिले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिबेदन हस्तान्तरण गरेका छन् ।

Sponsored

प्रतिबेदन बुझदै मुख्यमन्त्री राउतले नयाँ दरबन्दी संरचनाले मधेशमा कर्मचारी आभाबको समस्या समाधान हुने उल्लेख गर्दै कार्यान्वनको लागि आबश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन समेत दिनु भयो ।

प्रदेशमा हाल कायम रहेको ३ हजार १५८ दरबन्दीलाई बढाएर नयाँ प्रतिबेदन ले ४ हजा ७९३ पुर्याएको समितिका संयोजक दिपेन्द्र झाले बताए । उनले प्रतिबेदन तयारीमा प्रदेश सरकारको एक रुपैया पनि खर्च नभए समेत जानकारी गराए ।

सोही समितिले प्रदेश निजामती नियमावली समेत तयार पारेर सरकारलाई हस्तान्तरण गरेको छ ।

Sponsored

हस्तान्तरण गरिएको नया सांगठनिक संरचना र निजामती नियमावली मन्त्री परिषदबाट पारित भए लगत्तै प्रदेश लोक सेवाबाट नयाँ भर्ना तथा हाल कार्यरत कर्मचारीहरुको बढुवाको बाटो खुल्ला हुने समितिका सदस्य सचिव एवं मुख्यमन्त्री कार्यालयका उपसचिव रुपेश साहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *