TodayPati

तिलाठी कोइलाडीमा माओवादीको चुनावी चहलपहल शुरु

शुभ नारायण यादव–
सप्तरी, चैत १४ गते ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ ।

नेकपा (माओवादी केन्द्र)का क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले दावी गरेका छन् ।

Sponsored

चुनावी चहल पहल अन्तर्गत सोमवार तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ राममा नेतृत्वहरुको विचमा भेटधाट, छलफल, पार्टी निर्माण तथा चुनावी चहलपहल एवं सम्भावित उम्मेदवारी दावी गर्नेहरुको नामावली समेत धोषणा गरेका छन ।

सो अवसरमा तिलाठी कोईलाडी गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी बढ्ने प्रतिवद्धता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन् ।

सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी बढेमा तिलाठी कोईलाडीको ८ वटै वडाका साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको माओवादी केन्द्रको दावी छ ।

Sponsored

तिलाठी कोईलाडी–४ वडा अन्तर्गतका वडाध्यक्ष पदमा मुनि लाल मुखिया आकांक्षी रहेका छन् । सो अवसरमा भेटधाट, छलफल तथा निर्वाचन अन्तरकृयामा गाउँपालिका अध्यक्ष पदका आकांक्षी संजय कुमार सिंह, वडाध्यक्ष पदका आकांक्षी मुनि लाल मुखिया स्थानिय गजेन्द्र साह, श्याम मुखिया, मुसहरु राम, विजल रामलगायतको उपस्थिती रहेको थियो ।

सरकारले आगामी बैशाख ३० गते एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो । बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता १६ गते अन्तिम नामावली प्रकाशनको तयारी रहेको छ ।

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *