TodayPati

आफ्ना घाइते सांसद साहलाई भेटे जसपा अध्यक्ष उपेन्द्र यादव

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

सर्लाहीमा झडपमा घाइते भएका आफ्ना प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।

सोमबार काठमाडौंको मेडिसिटी अस्पतालमा पुगेर यादवले जसपाका प्रमुख सचेतक समेत रहेका घाइते सांसद साहलाई भेटेको उका सचिवालयले जनाएको छ ।

Sponsored

भेटघाट गर्दै यादवले आफ्ना सांसद तथा प्रमुख सचेतकमाथि भएको आक्रमण घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
उनले शिघ्र स्वास्थय लाभको कामना समेत गरेका छन् ।

गएका शनिबार बिहान सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलबासमा सडक विस्तारको क्रममा परको फुलजोर युवा क्लबको भवन सार्ने विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । सो क्रममा टाकउकोमा ढुंगा लागेर सांसद साह गम्भीर घाइते भएका थिए ।

उनलाई एयरलिफ्ट मार्फत काठमाडौं उपचारको लागि लगिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *