चैत १९ गते प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुने
टुडेपाटी-
काठमाडौं, चैत १४ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।
देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको जानकारी दिएको छ।
बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।
Sponsored