TodayPati

उपेक्षित वर्गलाई मूलधारमा ल्याउन मधेश सरकार प्रयासरत : मुख्यमन्त्री राउत

टुडेपाटी-
सिरहा, चैत्र १३ गते ।

मुख्यमन्त्री लालबाबु राउतले सदियौं देखि साशक वगर्गबाट उपेक्षित रहँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका १३ दुर्गापुरमा आयोजित जसपाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित वर्गलाई मूलधारमा ल्याउन पहिलो आवश्यकता रहेको बताए ।

Sponsored

शिक्षा र रोजगारीका लागि मधेश सरकार ठोस योजनाका साथ अघि बढेको उनको भनाइ छ ।

समाजको आधा हिस्सा ओगटेको महिलाहरुलाई शिक्षामा आकर्षित गर्न आफू बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउँदै रोजगारीका लागि मधेश मा ५० प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यको उपेक्षाको सिकार रहदै आएको दलित, मुस्लिम ,आदिबासी ,जनजाति लगायतको समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको ब्यबस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्न गरि रहेको दावी गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *