भारतमा एक हप्तामै पाँचपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
एजेन्सी-
काठमाडौँ, चैत १३ गते ।
छिमेकी राष्ट्र भारतमा एक हप्ता पुरा नहुँदै पाँच पटक पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । पछिल्लो ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको हो ।
आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ।
यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ।
डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रतिलिटर भारु ८९ दशमलब ८७ थियो ।
मूल्यदर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ।
Sponsored