संघीय सांसद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप
टुडेपाटी–
काठमाडौं, चैत १२ गते ।
संघीय सांसद तथा जनता समाजवादी पार्टीका संसदीय दलका नेता प्रमोद साहमाथि भएको आक्रमणलाई एमालेले गरेको जसपाले आरोप लगाएको छ ।
शनिवार विहान सर्लाहीको इश्वरपुर नगरपालिका बयलवासमा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै जसपाले भनेको छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’
जसपाले घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग माग पनि गरेको छ ।
घाइते भएका साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको हो ।
Sponsored