TodayPati

ठोरीमा मधेश सरकारको क्याबिनेट बैठक सम्पन्न, विशेष पर्यटकीय क्षेत्र बनाउन १० करोड दिने

रासस-
पर्सा, चैत १२ गते ।

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि तत्काल १० करोड रुपैयाँ आर्थिक लगानी गर्ने निर्णय गरेको छ।

पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकले विविध पर्यटकीय क्षेत्रको विकासका लागि रु १० करोड लगानी गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

Sponsored

तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ।

सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ।

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा अपेक्षित विकास हुन सकेको छैन। मधेस प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ। रासस

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *