TodayPati

प्रदेश निर्वाचन क्षेत्रको योजनाको काम सुरु नभएकोमा प्रदेश सांसद तिवारीको आपति

टुडेपाटी–
जनकपुरधाम, चैत ११ गते ।

लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीले प्रदेश निर्वाचन क्षेत्रको काम व्यक्ति छानी छानी काम अगाडी बढाइने गरेको आरोप लगाएकी छिन् ।

शुक्रवार बसेको मधेश प्रदेशको प्रदेशसभा बैठकमा बोल्दै सांसद तिवारी आफुहरुले असोजमै योजना पेश गरेपनि त्यसको काम सुरु हुन नसकेको बताईन् । उनले भनिन्, ‘अब लाग्न थालेको छ कि हाउसमा हामी बोल्ने र सुन्ने मात्र हो कि कार्यान्वयन पनि गर्ने हो । किनभने हाम्रो प्रदेशसभा सदस्यलाई निर्वाचन क्षेत्र विकासको बजेट उपलब्ध गराइने गरिन्छ त्यसको कार्यान्वय हुन सकेको छैन् । हामीले असोज मै योजना बुझाइसकेका छौँ तर अहिलेसम्म इन्जिनियर पनि तय गरिएको छैन् ।’

Sponsored

सांसद तिवारीले यस्तै रहे आफुहरु संसद अवरुद्ध गर्ने चेतावनी दिईन् । उनले प्रदेशसभा निर्वाचन क्षेत्रको बजेट व्यक्ति हेरी हेरी काम अगाडी बढाइएको आफुहरुलाई अनुभूती भइरहेको टिप्पणी गरिन् । सरकार सबैको रहेकोले यस्तो नगर्न उनले सबैको ध्यानाकर्षण गराईन् ।

त्यस्तै किशोरी साह कमलले संसदिय विकास क्षेत्रको रकम बढाउनुपर्ने माग गरे । उनले यसै आवमा विकासको काम हुनेभएकाले मुख्यमन्त्री, सत्तापक्ष र विपक्षी दलबीच बैठक बसेर रकम बढाउनुपर्ने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *