एकडारा गाउँपालिकाकी उपाध्यक्ष पार्टीको साधारण सदस्यबाट निष्कासित
टुडेपाटी–
महोत्तरी, चैत ११ गते ।
महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष पार्टीको साधारण सदस्यबाट समेत निष्कासित भएकी छिन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले उपाध्यक्ष महजबी खातुनलाई कारबाही गरेको छ ।
बिहिवार महोत्तरी जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
लोसपा महोत्तरी अध्यक्ष रामबाबु साहले खातुन पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा सहभागी भएको भन्दै कारबाही गर्नुपरेको जानकारी दिए ।
जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ ।
Sponsored