रुस–युक्रेन युद्ध : बमबारीमा पत्रकार मारिइन्
एजेन्सी–
काठमाडौं, चैत १० गते ।
रुस र युक्रेनबीच जारी युद्धमा एक रुसी पत्रकारको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा बुधबार भएको रुसी हमलामा ४२ वर्षीया ओक्साना बालिनाको मृत्यु भएको हो ।
बालिना इन्भेस्टिगेटिभ न्यूज आउटलेट द इनसाइडरका लागि काम गरिरहेकी ओक्साना न्यूज आउटलेटका लागि किभमा विधवंशको भिडियो सुट गरिरहेकोमा रुसी बमबारीमा उनको मृत्यु भएको हो ।
हमलाका बेला बालिनासँग भएकी एक युक्रेनी नागरिकको पनि मृत्यु भएको छ । यस्तै दुईजना घाइते भएका छन् ।
बालिना रुसको विपक्षी नेता एलेक्सी नवलनीको एन्टी करप्सन ग्रुपका लागि पनि काम गरिसकेकी छिन् ।
अघिल्लो वर्ष यो समूहलाई उग्रवादी संगठन घोषित गरिएको थियो । त्यसपछि बालिनाले देश छोड्नु परेको थियो ।
Sponsored