TodayPati

स्थानिय तहको निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

टुडेपाटी–
काठमाडौँ, चैत १० गते ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित भएको छ ।

स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ । बिहीवार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

Sponsored

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको बताए । उनले अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुने भने ।

बैठकमा विभिन्न सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

Sponsored

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेल लगायतको सहभागिता थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *