TodayPati

प्रभु साहविरूद्ध सांसद झाले दिइन् उजुरी

टुडेपाटी–
काठमाडौं, चैत १० गते ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध एमालेकी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले पार्टीमा उजुरी दिएकी छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित बिहीबार उजुरी दिएकी हुन् ।

Sponsored

झाले रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको आरोप लगाएकी छिन् ।

रौतहट जिल्लाको अधिवेशन फेरि हुनु पर्ने उनले माग गरेकी छन् ।

माओवादी केन्द्रका नेता साह नेकपा विभाजन भएर दुई पार्टी भएपछि एमालेमा बसेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *