TodayPati

‘जनतसँग कांग्रेस, मतदातासँग रूख’ : निधि

टुडेपाटी-
जनकपुरधाम, चैत ९ गते ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एकताबद्ध भएर अगामी स्थानीय तहको निर्वाचनको तयारी गर्न आग्रह गरेका छन्।

बुधबार १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी एवं सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जिताउन कार्यकर्तालाई घर(घरमा पुग्न आग्रह गरे।

Sponsored

‘जनतसँग कांग्रेस मतदातासँग रूख’ को नारा दिँदै निधिले वडा कमिटीका पदाधिकारी तथा सदस्यलाई चुनावी अभियानमा लाग्न जोड दिए।

यसपालि कांग्रेसको पक्षमा राम्रो वातावरण रहेको दाबी गर्दै उनले ७५३ स्थानीय तहमै कांग्रेसको बहुमत आउने दाबी गरे।

स्थानीय तहको निर्वाचनमा टिकटका लागि धेरै नेताले फोन र भेटघाट गर्न आउने गरेको भन्दै आकांक्षीलाई प्रक्रियाअनुसार टिकट लिन आग्रह गरे।

Sponsored

वडाध्यक्ष, उपप्रमुख र प्रमुखको टिकट पाउने प्रक्रिया पार्टीको विधानमा उल्लेख गरिएकाले त्यसै अनुसार टिकटका लागि पहल गर्न नेता कार्यकर्तालाई उनले सुझाव दिए।

‘टिकटको बारेमा इच्छा राख्नुस्, इच्छा राख्ने सबैको अधिकार छ। टिकट मलाई चाहिन्छ भन्नेलाई विनम्रतापूर्वक आग्रह गर्छु। सबैजना वडामा जानुस्। कमिटीलाई मनाउनुस्। अब नेतालाई फोन गरेर, भेटेर दबाब दिएर हुँदैन,’ निधिले भने, ‘जो जुन पदबाट लड्न चाहनुहुन्छ वडामा गएर सिफारिस गराउनुस्। बढीभन्दा बढी वडाका साथीबाट समर्थन लिने कोसिस गर्नुस्। त्यो सिफारिसको आधारमा सम्बन्धित निकायले टिकट वितरण गर्छ।’

टिकट नपाएपछि आवेशमा समेत नआई एकताबद्ध भएर चुनावी अभियानमा लाग्न उनले आग्रह गरे।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *