TodayPati

फेरि स्थगित भयो प्रदेशसभा बैठक

टुडेपाटी–
जनकपुरधाम, चैत ८ ।

मधेस प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । पछिल्लो चार पटक देखि प्रदेशसबा बैठक नबसिकन स्थगित हुँदै आएको छ ।

बुधवार दिउँसो १ बजे बोलाइएको बैठक शुक्रवार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Sponsored

यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित भएको जनाएको छ।

प्रदेशसभाको बैठक फागुन १, १० र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो।

Sponsored

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।

फागुन २२ गते बोलाइएको बैठक लनेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *