TodayPati

मधेशका मुख्यमन्त्री राउत नै खानेपानीको महसुल नतिरेको खुलासा, काटियो धाराको लाइन

टुडेपाटी-
वीरगञ्ज, चैत ८ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ ।

बिल नतिरेपछि उनको खानेपानीको लाइन नै काटिएको छ ।

Sponsored

पर्साको वीरगञ्ज स्थित मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल कुल १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इन्जिनीयर निरण महर्जनले बताएका छन् ।

पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो ।

उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ । धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ ।

Sponsored

मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल कुल १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको महर्जनले बताएका छन् ।

उनका अनुसार पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निर्णयअनुसार लाइन काटिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *