जनताको माग अनुसारको आन्दोलन गर्दै आएका हौं : डा. सिके राउत (अन्तरवार्ता)
टुडेपाटी-
जनकपुरधाम, चैत ७ गते ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी भ्रष्टाचारविरुद्ध र किसान आन्दोलनमा सक्रिय छ । आन्दोलनको साथसाथै आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा समेत जुटेको छ जनमत पार्टी । मेधशमा जनमत पार्टी मधशवादी मध्यको तेश्रो दलमा गनिन्छ । अगामी निर्वाचनको लागि जनमत पार्टीको के कस्तो तयारी छ लगायत समसामसयिक विषयमा डा.सिके राउतसंग गरिएको संवाद तल प्रस्तुत छ :
- अचेल के मा व्यस्त हुनुहुन्छ ?
अहिले निर्वाचनको तयारी चलिरहेको छ । साथसाथै जनमत माटो यात्रा पनि जारी छ ।
- सिजन अनुसार तपाइको मुद्दा र आन्दोलन परिवर्तन भइरहन्छ, जस्तोकी पहिले भ्रष्टाचार विरुद्ध जनकारबाही चलाउनु भो, त्यसपछि त्यसलाई छाडेर पुनः किसान आन्दोलनमा लाग्नु भो ? यस्तो किन होला ? भ्रष्टाचार निवारण भएपछि किसान आन्दोलनमा लाग्नु भएको हो की ?
सबै आन्दोलन जारी छ । भ्रष्टाचरविरुद्धको आन्दोलन पनि जारी छ । भ्रष्टाचार हरेक जरजरमा मौजुद छ । दुई महिना आन्दोलन गरेर समाप्त भइ हाल्छ भन्ने छैन । अहिले यो परिस्थिति छैन की एउटा भ्रष्टाचार मुद्दा लिएर जिन्दगीभर त्यसैमा लागिरहनु पर्छ । अन्य पनि मुद्दाहरु छन् । अन्य मुद्दाहरु आइरहन्छ । उठाउनु पर्छ । त्यसकारण भ्रष्टाचाररिुद्धको आन्दोलन पनि जारी छ । त्यसको साथसाथै जे माग जनता राख्नछ हाम्रो पार्टीको समक्षमा, उठाइदिनु पर्छ भनेपछि त्यसलाई जिम्मेबारी बोध गरेर आन्दोलनहरु उठाउँदै आएका हौं ।
- निर्वाचनको मुखमा चुनावी स्टन्टको लागि आन्दोलन गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि ?
हामीले भ्रष्टाचारविरुद्धको आन्दोलन उठाएको दुई वर्ष भइसक्यो । त्यतिबेला चुनावको कुरा पनि थिएन । जति बेलै किसान आन्दोलन पनि उठ्यो । चुनावको घोषणा पनि भएको थिएन । यी सबै कुरा विरोधी पार्टीहरुद्वारा लगाइएको आरोपमा मात्र हो ।
- अहिले तपाइको पार्टीको आन्दोलनबाट के के उपब्धि प्राप्त भएको छ ? के के परिवर्तन भएको छ ?
उपब्धि प्राप्त राम्रै भइरहेको छ । उपब्धि मात्र कागजमै देखाएर, कागजमै सम्झौत भएपछि हुन्छ भन्ने जरुरी छैन । भ्रष्टाचारविरुद्ध जुन आन्दोलन भयो जनकपुरको जनतालाई गएर सोध्नुस् की काम कति चाँडचाँडै हुन थाल्यो सरकारी कार्यालयमा । यो सबभन्दा ठूलो उपलब्धि रह्यो । चाँडचाँडै रोड बन्न थाल्यो, बाटोघाटो मर्मत हुन थाल्यो, सरकारी वकिलमा काम हुन थाल्यो । यो सबैभन्दा ठूलो उपलब्धि रह्यो, चाहे त्यो कागजमा सम्झौत नदेखिएपनि ।
किसान आन्दोलनको उपब्धि हेर्नुस् । अहिले नै विभिन्न पालिकामा कृषि विजुली फ्री गर्दैछ । त्यो किन यो मुद्दा त किसान आन्दोलनले नै उठाएको हो नि ! धेरै मागहरु थियो । मलखादको माग थियो । नेपाल सरकारले सम्झौता गर्यो भर्खर । कमै मलखालको लागि गरेपनि जिटुजी एग्रिमेन्ट भयो । विभिन्न मागहरु सम्बोधन हुने क्रममा छ । कागजी र सम्झौता नभएपनि त्यो अलग कुरा हो । हरेक आन्दोलनको उपलब्धि सम्झौताकै रुपमा हुनुपर्छ भन्ने जरुरी छैन ।
पहिला पृथकतावादी मुद्दा अंगाल्नु भो । पछिल्लो समय मूलधारको राजनीतिमा आउनु भएको छ, पहिले शान्तिपूर्ण आन्दोलन गर्नु हुन्थ्ये अहिले हिंस्रक आन्दोलन गरेको पनि देखिन्छ ? यसरी भोलि फेरि परिवर्तन हुनु हुन्न भन्ने जनताले पत्याउने आधार के ?
परिवर्तन हुनु खराब कुरा होइन नि ! परिवर्तन हुनु त प्रकृतिको स्वभाविक प्रक्रिया नै हो । आवश्यक्ता अनुसार परिवर्तन हुनुलाई गतिशिलता भनिन्छ । यसमा एकदम स्पष्ट रहनु पर्छ । पानी पर्न थाल्यो त्यहाँ म भन्छु छाता निकाल्दिन । त्यो कुरा हुँदैन । पानी पर्यो भने छाता निकाल्नै पर्छ । यसलाई स्वभाविक परिवर्तन मान्नु पर्छ । राजनीतिको क्रममा विभिन्न एजेण्डाहरु उठाउने जनताको डिमाण्ड आउँछ । त्यसै अनुसार परिस्थितिको निर्माण हुन्छ । पार्टीले माग सम्बोधन गर्ने हिँसाबले अगाडी बढ्नु पर्छ ।Sponsored
- एमाले र लोसपाप्रति नरम सत्तासिन दल काँग्रेस, माओवादी, जसपा लगायतप्रति गरम हुनुहुन्छ किन होला ?
हेर्नुस् सबैभन्दा पहिले हामीहरु जनताको साथमा छौं । र जनताको कर्तव्य के रहन्छ भने प्रतिपक्षी दल रहन्छ र जा जनताको साथमा कुनै दल रहँदैन भने जो सरकारमा रहन्छ उसको विरोध गर्नुपर्छ । यसकारणकी सरकारमै रहने व्यक्ति समाधानको जिम्मेरबार रहन्छन् । अहिले सरकार काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको छ । तपाई हेर्न सक्नु हुन्छ किसान आन्दोलनमा दमन गर्ने को, गोली चलाउने को, किसानलाई पक्राउने को ? यहि सत्ताधारी दलहरु छन् । त्यसकारण ती दलहरुको विरोध स्वभाविक हो । म स्मरण गराउन चाहन्छु की जनमत पार्टी नागरिकता विधेयकको विरुद्धमा आन्दोलन गरेको थियो । त्यस बेला केपी ओलीको सरकार थियो । त्यति बेला केपी ओली सरकारको विरुद्धमा देशभरी आन्दला गरिएको थियो । ठाउँठाउँमा ओलीको पुत्ला जलाइयो । जसको दबाबमा त्यो सरकार नागरिकता विधेयक फिर्ता लिएको थियो । त जसको सकार रहन्छ त्यसको विरोध हुनु स्वभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।
- अगामी स्थानीय चुनावको लागि तपाइको पार्टीको तयारी कस्तो छ ?
राम्रो तयारी छ । मधेशको अधिकांश स्थानीय तहमा हामीहरु उमेदावरीको लागि तयार छौं । सशक्त उम्मेदवार अहिले पनि खोजिरहेका छौं । पाँचवर्ष अवधिको कुरा छ, त्यस बेला हामी सुशासन कायम गर्न सकौं, जनताको सेवा गर्न सकौं त्यस किसिमको उम्मेदवारको तलासमा हामी छौं ।
- जनमत पार्टी एकलै चुनावमा भीड्छ की गठबन्धन बनाएर ? गठबन्धन गर्छ भने कुन दलसंग हुन्छ ?
गठबन्धन बनाएर हामी अघि बढ्छौं कि बढ्दैनौ यो विषयमा कुनै चर्चा परिचर्चा गरेका छैनौं । न त कुनै निर्णय भएको छ । त्यस कारण यसको विषयमा कुनै कुरा आएको छैन ।
- एमालेसंग गठबन्धन बनाएर जनमत पार्टी चुनाव लड्ने चर्चा छ नि वृतमा ?
विरोधी शक्तिहरु असुरक्षाको भावनाले अनेक भ्रम फिजाउने गर्छन् । हाम्रो पार्टी भित्र कतै कुनै निर्णय भएको छैन । कतै चर्चा परिचर्चा पनि छैन ।
- चुनाव नजिकिदै छ । कति उम्मेदवारहरु टुंगो लगाउनु भयो ?
चैत ३० गतेसम्म उम्मेदवारको सिफारिस आउने मिति तोकिसकेका छौं । अव केन्द्रिय समिति बसेर त्यसमाथि निर्णय हुन्छ ।
- तपाइको दल चुनाव लड्यो भने देशभरमा कतिवटा स्थानीय तहमा जित्ने सम्भवना छ ?
निर्वाचन अघि नै आकलन गर्नु उचित हुँदैन भन्ने मलाई लाग्छ । तर, हामी कोसिस गर्छौ की अधिकांश स्थानीय तहमा, खास गरी मधेशको अधिकांश जिल्ला, अधिकांश पालिकामा राम्रो तरिकाले विजय हाँसिल गरौं भन्ने हिँसाबले अगाडी बढिरहेका छौं ।
- भारतको आम आदमी पार्टीकै मोडेलमा तपाइको पार्टी अगाडी बढ्न खोजेको हो की ?
आम आदमी पार्टीको लागि जनता त्यति नै सजग हुनु जरुरी छ । जे कुरा हाम्रो यता छैन । त्यस कारण हुबहु नक्कल गर्न आत्मघाती नै हुन्छ । किन भने त्यस हिँसाबको पार्टीले मात्र हुँदैन जनता पनि त्यस्तै इमान्दार छविको हुनुपर्छ । की आफ्नो मतको महत्व बुझ्न सक्ने हुनुपर्छ । त्यसकारण हुबहु नक्कल त गर्न सकिदैन । हो एजेण्डावाइज जस्तोकी भ्रष्टाचार न्युनिकणको कुरा भयो, जनताको सेवा पुर्याने कुरा भयो यो मुद्दाहरुमा त समानता देख्न सकिन्छ । तर हामीहरुको आफ्नै मोडल रहन्छ । त्यहि हिसाबले हामी अगाडी बढ्छौं ।
- अन्तमा के भन्न चाहनु हुन्छ ?
जनतालाई भन्न चाहन्छु पाँचवर्षको अगाडीको समयको लागि निर्णय गर्ने अवसर आउँदै छ । यसपालि कमसेकम चुक्नु भएन । सबै पार्टीलाई पटक पटक जिताएर देख्नु भयो । कसैलाई ७० वर्ष,कतिलाई ३० वर्ष, कुनैलाई १५ वर्ष । सबै हेरिसक्नु भो उनीहरु कुनै काम गर्न सकेनन् । तिनीहरु म्याद गुज्रेको औषधि जस्तै हो । त्यसकारण यसपटक जनमत पार्टीलाई मौका दिनुस् । जनमत पार्टीलाई जिताएर जनता राज सबै ठाउँ ल्याउनु पर्छ भन्ने मेरो आग्रह हो ।