जनकपुरधाममा आज हर्सोल्लासपूर्वक होली पर्व मनाइँदै
टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।
जनकपरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा आज (शनिबार) हर्सोल्लासपूर्वक होली पर्व मनाइँदै छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा फागु पूर्णिमान अर्थात होली मनाउने परम्परा रहिआएको छ ।
यधपी मिथिलाञ्चल क्षेत्रको धेरै स्थानमा शुक्रबार नै होली पर्व मनाइएको छ ।
जनकपुरधामसहित आसपासका क्षेत्रमा आज हर्सोल्लासपूर्वक घर घरमा मिष्टान परिकार पकाएर खाँदै रंगअविर लगाएर होली मनाइँदै छ ।
शनिबार तराई मधेशमा होली पर्व मनाइयो भने हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै मनाइएको थियो ।
Sponsored