TodayPati

१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

तराई मधेशको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज (शुक्रबार) सम्पन्न भएको छ । शुक्रबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको हो ।

मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । अन्तरगृहम परिक्रममा तिर्थालु तथा श्रद्धालुको झनै भीड लागेको थियो ।

Sponsored

No description available.

परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ । परिक्रमा सकिएपछि यसमा सहभागि भएका लाखौ श्रद्धालुहरु आ आफ्ना गन्तव्य तर्फ लागेका छन् ।

No description available.

फागुन औसींका दिन कचुरी मिथिलाबिहारी नगरपालिका स्थित मिथिलाविहारी मन्दिरबाट परिक्रमा सुरु भएको थियो । मिथिला बिहारी (रामजानकी) को डोला जनकपुर ल्याएपछि विभिन्न मठमन्दिरका डोला समाहित भएर परिक्रमा प्रारम्भ हुने गर्दछ । फागु पूर्णिमा आर्थात अजकै दिन जनकपुरको अन्तर गृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ ।

परिक्रममा यस वर्ष पनि लाखौं संख्यामा श्रद्धालुभक्तजनहरु सहभागि भएका छन् । रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।

Sponsored

वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ । परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गर्दछ ।

No description available.

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।

No description available.

नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् । परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुन्छ ।

टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु , भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालुभक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै जुट्ने गर्दछन् । स्थानीयहरुले सांकृति कार्यक्रमहरुसमेत अयोजन गर्ने गर्दछन् भने पुण्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था एवं व्यक्तिहरुले निःशुल्क भोजन , स्वास्थ्य शिवीर र आवासको व्यवस्था गर्ने गर्दछन् ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । तर, तीनै तहको सरकारले यसको व्यवस्थापनमा खासै ध्यान दिएको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *