एमाले धनुषा जिल्ला अध्यक्षमा फेरि राजकिशोर यादव
टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।
नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट राजकिशोर यादव अध्यक्ष बनेका छन् ।
मंगलबारदेखि जनकपुरधाममा चलेको एमालेको अधिवेशनले सर्वहमति रुपमा यादवलाई दोश्रो कार्यकालको लागि चयन गरेको हो ।
यादव २०७१ सालमा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए ।
उनको अध्यक्षतामा १३५ सदस्य जिल्ला कार्यसमिति सर्वसहमति रुपमा चयन गरिएको हो ।
कार्य समितिको उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उप सचिव तारालाम बस्नेत र उप सचिव श्याम पुर्वे चयन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए ।
Sponsored