TodayPati

नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

टुडेपाटी–
काठमाडौं, चैत २ गते ।

नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।

बुधवार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले रिट खारेज गर्ने फैसना सुनाएको हो ।

Sponsored

केपी ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता आध्यादेश ल्याएको थियो । २७ जेठमा भने सर्वोच्चले अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *