TodayPati

सामुदायिक रेडियो प्रसारक संघ नेपालको महोत्तरीमा श्रेष्ठ चयन

रामनारायण महतो-
महोत्तरी, माघ २१ गते ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को महोत्तरी जिल्ला समन्वय समिति गठन भएको छ । सामुदायिक रेडियो सुनगाभा बर्दिबास महोत्तरीका संचालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।

महोत्तरीको बर्दिबासमा सामुदायिक रेडियो प्रसारक संघ नेपालका महासचिव गोविन्द देवकोटाको आथित्यमा भएको भेलाले श्रेष्ठलाई सर्वसम्बत रुपमा चयन गरिएको थियो ।

आउँदो माघ २६ गते महोत्तरीको बर्दिबासमा प्रदेश स्तरीय विश्व रेडियो कार्यक्रम मनाइने छ । महोत्तरीमा ९ वटा सामुदायिक रेडियो रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *