TodayPati

संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल हुँदैन : सञ्चारमन्त्री साह

टुडेपाटी–
सप्तरी, फागुन २९ गते ।

मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल नहुने बताएका छन्।

आइतबार सप्तरीमा आयोजित सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने मन्त्री साहले संघीयतालाई बलियो बनाउन सबैले सहयोग गर्नु पर्ने बताए ।

Sponsored

मन्त्री साहले राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्नुपर्ने बताए ।

पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए।

पत्रकारितामा भएका विकृतिलाई पनि न्यूकीरण गर्न सरकारले निगरानी गरिरहेको उनको भनाइ छ।

Sponsored

आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रूबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताइन् । उनले जात, धर्मबाट जबसम्म पत्रकारमाथि उठ्दैन तबसम्म समस्या समाधान नहुने भनिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *