कांग्रेस सप्तरीमा सभापतिबाहेक सबै पदाधिकारी संस्थापन पक्षकै विजयी
टुडेपाटी–
सप्तरी, फागुन २८ गते ।
नेपाली कांग्रेस सप्तरीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिबाहेकको पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।
सभापति पदमा शेखर कोइराला समूहका रामदेव साहले सभापतिमा संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
सभापतिको परिणाम आइसकेपछि शुक्रबार बिहानबाट पदाधिकारी पदको गणना सुरु गरिएको थियो ।
शनिबार दिउँसो समपन्न पदाधिकारी गणनाको मत परिणामअनुसार उपसभापति, सचिव र सहसचिव पदमा सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमासंस्थापन समूहका उम्मेदवार रामकुमार यादव, सचिवमा प्रभुनारायण चौधरीले १ हजार १ सय ८२ र सनत मण्डलले १ हजार ७५ मत प्राप्त गरी विजयी भए ।
Sponsored
यस्तै सहसचिव पदमा घनश्याम साहले १ हजार २ सय ६५ र मनोज खड्काले १ हजार ८६ मत प्राप्त गरी विजयी भए ।
पटक–पटक स्थगित हुँदै आएको कांग्रेस सप्तरीको निर्वाचन मंगलबार भएको थियो ।
सभापति र पदाधिकारी पदको गणना सकिएपछि अब सदस्य र महासमिति सदस्य पदको मतगणना गर्ने तयारी गरिएको छ ।