काँग्रेसको धनुषा सभापतिमा निधि समूहका पजियार निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।
नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भएका छन् ।
शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् ।
दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा जियारले १ हजार २४८ मत पाएका थिए भने संतोषले ८८२ र शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए ।
कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको मतदान भएको थियो ।
Sponsored
पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरका कोइराला पक्षका उम्मेदवार प्रसैलाले पजियारलाई समर्थन गरेका थिए ।