TodayPati

कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान जारी

टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणको मतदान जारी रहेको छ ।

शुक्रवार बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।

Sponsored

यसअघि भएको पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् । पहिलो चरणमा कुनै उम्मेदवार जित्न नसकेपछि दोस्रो चरणको मतदान बिहीबारको लागि तय गरिएको थियो तर, बिहीबार निर्वाचन हुन नसक्दा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार शुक्रबारको लागि सारिएको थियो ।

दोस्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र विमलेन्द्र निधिको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार चुनावी मैदानमा रहेका छन् ।

डा शेखर कोइराला समूहका उम्मेदवार दिनेश प्रसाद प्रसैला भने पहिलो चरणको निर्वाचन पश्चात बाहिरिएका हुन् । उनले दोस्रो चरणमा निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *