स्थानीय तहको चुनावबारे निर्वाचन आयोगले आज १७ दलसँग छलफल गर्दै
टुडेपाटी-
काठमाडौं, फागुन २७ गते ।
आसन्न स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले आज १७ राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसंग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
छलफलका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बोलाइएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने यसअघि नै घोषणा गरेको छ।
स्थानीय तहको चुनाव लागि आयोगले ७९ वटा दललाई मान्यता दिएको छ । निर्वाचन तयारी स्वरुप दलहरुसंग छलफल गर्न लागेको हो ।
Sponsored