काँग्रेस सप्तरीको सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी
शुभ नारायण यादव-
सप्तरी, फागुन २६ गते ।
नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा शेखर कोइराला पक्षका रामदेव साह निर्वाचित भएका छन् ।
साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् ।
उनले एक हजार १८६ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका उम्मेदवार शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका हुन् ।
सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएको थियो ।
Sponsored
मंगलबार सम्पन्न निर्वाचनको मतगणना आज सकिएको छ ।