TodayPati

काँग्रेस धनुषाको दोस्रो चरणको मतदान आज, सभापतिमा पजियार र यादवबीच प्रतिष्पर्धा

टुडेपाटी

जनकपुरधाम, फागुन २५ गते ।

नेपाली कांग्रेस धनुषाको १४ औं अधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचन आज हुँदै छ । पहिलो चरणमा सभापतिका तीनैजना उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनको समय आज तय गरिएको छ ।

Sponsored

जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा आज बिहानैदेखि मतदान हुने निर्वाचन समितिका अधिकृत अरुणकुमार ज्ञावालीले बताए । पहिलो चरणको मतदानमा तीनै समूहका उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेनन् । निर्वाचन समितिले भोलि बिहीबार दोस्रो चरणको निर्वाचनको समय तोकेको छ ।

पहिलो चरणमा मंगलबार अबेर रातिसम्म चलेको थियो । सभापतिका उम्मेदवार पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थान ल्याएका थिए । यस्तै उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका सभापतिका उम्मेदवार यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । यो संगै सबभन्दा कम मत ल्याउने शेखर पक्षका उम्मेदवार प्रसैला चुनावी प्रतिष्पर्धाबाट बाहिरीएका छन् ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसेको थियो । जसमा १५८ मत बदर भएको थियो ।

Sponsored

यादव संस्थापन पक्षका छन् भने पजियार निधि र प्रसैला कोइराला पक्षका हुन् ।

कोइराला पक्षको समर्थन निधि पक्षलाई

निर्वाचनमा शेखर कोइराला समूहले बिमलेन्द्र निधि समूहका उम्मेदवारलाई समर्थन गरेको छ ।

आज हुने दोस्रो चरणको निर्वाचनको लागि कोइराला समूहले निधि समूहलाई समर्थन गरेको छ । कोइराला पक्षका सभापतिका उम्मेदवार प्रसैला पहिलो चरणमा चुनावी प्रतिष्पर्धाबाट आउट भएपछि उनले निधि पक्षका सभापतिका उम्मेदवार पजियारलाई समर्थन गरेका हुन् ।

मंगलबार जनकपुर स्थित नेता बिमलेन्द्र निधिको निवासमा दिनभर चलेको दुबै पक्षको आन्तरिक घनिभुत छलफल पश्चात सहमतिमा पुगेको हो । सहमति पश्चात बुधबार साँझ पत्रकार सम्मेलनको आयोजन गर्दै कोइराला समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेको बताए ।

दुबै पक्षको दिनभर भएको आन्तरिक छलफल पश्चात साँझ सहमति जुटेकबो नेता निधिले पत्रकार सम्मेलनमा बताए । निर्वाचनपश्चात जिल्लाको दीर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य गरेर दुबैपक्ष अगाडी बढ्ने प्रतिवद्धता निधिले व्यक्त गरेका हुन् ।

कोइराला र निधि पक्षको सहमतिले अब संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई जित्न चुनौती थपिएको छ ।

पजियार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर हुन् । यादव पार्टीको निवर्तमान उपभापति हुन् भने प्रसैला संविधानसभा सदस्य छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *