गण्डकी प्रदेशका मुख्यमन्त्री मटिहानीमा
टुडेपाटी–
जनकपुरधाम, फागुन २३ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मटिहानीको भ्रमण गरेका छन् ।
मटिहानी भ्रमणको क्रममा उनले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माविको अवलोकन गरेका हुन् ।
जनकपुरधाम–पोखरा हवाई सेवाको शुभारम्भको अवसरमा तीन दिवसीय भ्रमणमा आएका मुख्यमन्त्री पोखरेलले भ्रमणको अन्तिम दिन सोमबार मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन् ।
भ्रमणको क्रममा उनले लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै लक्ष्मीसागरमा आरती गरेका हुन् ।
राजकीय संस्कृत माविको अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले रुद्रीपाठमा सहभागी भएका थिए ।
Sponsored
मटिहानी पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोलीलाई नगर प्रमुख हरिप्रसाद मण्डल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता लगायत स्थानीयहरुले स्वागत गरेका थिए । भने मुख्यमन्त्री सहितको टोलीलाई उनीहरुले सम्मान गरेका थिए ।