नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु
टुडेपाटी–
जनकपुरधाम, फागुन २३ गते ।
नेपाली कांग्रेसको धनुषाको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । जिल्ला अधिवेशन अन्तर्गत धनुषामा आज निर्वाचन हुँदैछ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा निर्वाचन हुँदैछ ।
जिल्ला सभापतिका लागि धनुषामा तीनजना उम्मेदवार रहेका छन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको समूहबाट वर्तमान जिल्ला उपसभापति संतोष यादव, विमलेन्द्र निधिको समुहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र शेखर कोइरालाको समुहबाट संविधानसभा सदस्य दिनेश प्रसैला रहेका छन् ।
तीनै जना उम्मेदवारले पहिलो चरणमै आफुहरु जित्ने दावी गरेका छन् ।
Sponsored