युक्रेनका दुई सहरमा रुसद्वारा युद्धविरामको घोषणा
एजेन्सी–
काठमाडौं, फागुन २१ गते ।
आम मानिसको सहायताका लागि रुसले युक्रेनका मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ ।
शनिवार रुसको रक्षा मन्त्रालयले बिहान १० बजेदेखि मानिसहरुलाई यी दुई सहरबाट सुरक्षितरुपमा जान दुई कोरिडोरहरु खुला गरेको छ ।
युक्रेनका अधिकारीहरु पनि युद्धविरामको लागि सहमत भएको मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि युक्रेनको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।
पछिल्लो केही दिनयता रुसको मारिउपोलमा रुसी सेनाले निरन्तर आक्रमण गर्दै आएका छन्।
Sponsored
यद्यपि युक्रेनका अन्य केही सहरमा निरन्तर युद्ध चलिरहेको छ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज १० औं दिन हो।