TodayPati

गण्डकी प्रदेशका मुख्यमन्त्री मधेशको भ्रमणमा

टुडेपाटी–
जनकपुरधाम, फागुन २१ गते ।

गणडकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मधेश भ्रमणमा आएका छन् ।

जनकपुर–पोखरा हवाई सेवा शुभारम्भ भएपछि पहिलो फलाईटमा चढेर जनकपुरधाम आएका मुख्यमन्त्री पोखरेलले आजको दिन एतिहासीक दिन रहेको बताएका हुन् ।

Sponsored

मुख्यमन्त्री पोखरेल १८ जनाको टोली सहित मधेश प्रदेशको भ्रमणमा आएका हुन् ।

तीन दिवसीय भ्रमणमा मधेश प्रदेश आएका मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आजको दिन एतिहासीक दिन रहेको र यसलाई शब्दमा वयान गर्न नसकिने बताए ।

पोखरेलले पोखरबाट जनकपुरधाम आउँदा करिब ४०/४५ मिनेट लाग्दै गर्दा जुन अनुभूति भएको त्यसलाई शब्दमा भन्दा पनि भावनात्मक रुपमा रहेको प्रतिक्रिया दिए ।

Sponsored

गणडकी प्रदेशको समृद्धीको मुख्य आधार पर्यटन रहेको भन्दै उनले भने, ‘मधेश प्रदेशको पनि अन्य क्षेत्र होला तर धार्मीक पर्यटकिय क्षेत्रहरु रहेको छ । यसलाई हामी चाहन्छौँ यसलाई बढाएर अन्तराष्ट्रिय स्तरमा जोडन सकियो भने पर्यटनको दृष्टिकोणले धेरै महत्वपूर्ण हुन्छ ।’

यता गणडकी प्रदेशका मुख्यमन्त्री सहितको टोलीलाई स्वागत गर्न पुगेका मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्लेनको क्नेक्टिभिटी बढेकोले यो एतिहासिक दिन रहेको बताए । उनले मधेश प्रदेशको संभावना बोकेको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुमा मुख्यमन्त्री पोखरेलले घुमाउने बताए । मन्त्री महतोले यसले गणडकी प्रदेश र मधेश प्रदेशको आत्मिय सम्बन्ध बढाउने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *