TodayPati

इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन नबढेपछि पेट्रोलिय पदार्थको ढुवानी बन्द

टुडेपाटी–
काठमाडौँ, फागुन २० गते ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपनि इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेपछि व्यवसायीहरुले ढुवानी बन्द गरेका छन् ।

निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।

Sponsored

थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले बिक्रेता कमिसन यथावत राखेको भन्दै निजी पम्पहरुले तेल नउठाएका बताए । उनले अहिलेसम्मको अवस्थामा सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका बताए ।

निजी पम्पहरुको ट्याङकर आएपनि इन्धन लोड गरेका छैनन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी नभएको पुष्टि गरे । उनले बिक्रेता कमिसनको क्यालकुलेसन नमिलेकोले उनीहरु मिलाइरहेकाले इन्धन ढुवानी गर्नका लागि देशभरको पीडीओ जारी नभएको बताए ।

Sponsored

बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँदै आएकोमा बिहीबार रातिदेखि देखि नयाँ मूल्य लागू भएपछि प्रतिशतको आधारमा कमिसन वृद्धि हुँदा व्यवसायीलाई प्रतिलिटरमा थप ०.१५ पैसा कमिसन दिनुपर्थ्यो ।

निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन ढुवानी रोक्नु गैरजिम्मेवारी रहेको बताए । उनले निगमले आफ्नो कर्मचारीको पोशाक संरक्षण खर्च समेत कटौती गरेको भन्दै साहले भने, ‘व्यवसायीहरु पनि जिम्मेवार हुनुपर्छ । सरकारले पनि आफ्नो दायित्व पुरा गर्नुपर्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *