महोत्तरी काँग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, फागुन १९ गते ।
नेपाली काँग्रेसको महोतरी सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापति पदमा बुधबार नागेश्वर यादव, बजरंग नेपाली र सुशिल यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
महोतरी सभापतिका तीन उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएपनि पहिलो चरणमै मत परिणम आउने आंकलन गरिएको छ ।
सभापतिमा तीनै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यधपी सभापति शेरबहादुर देउवा पक्षको जिल्ला सभापति पदका उम्मेदवार नागेश्वर यादव
पहिलो चरणमै निर्वाचित हुने सम्भावना बढेको छ ।
नगेश्वरको पक्षमा ३ जना क्षेत्रिय सभापति, जिल्लाको ४ मध्ये ३ केन्द्रिय सदस्य र शेखर कोइराला पक्षका नेताहरु साथ दिएपछि अन्य दुई उम्मेदवारको तुल्नामा नागेश्वरको अवस्था बलियो देखिएको छ ।
यादवलाई महोतरीको ४ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रिय सभापति महेश झा, राजकरण साह र राघवेन्द्र झाको साथले बलियो बनाएको छ । महोतरीमा चार केन्द्रिय सदस्य मध्ये कल्याण गुरुङ्ग, नगिना यादव र प्रदेश सांसद समेत रहेकी केन्द्रिय सदस्य मंजु यादवले नागेश्वरलाई नै साथ दिएको छ । यादवालाई शेखर कोइला पक्षका रामचन्द्र तिवारी, पुर्व केन्द्रिय सदस्य किरण यादवले समेत साथ दिएका छन् ।
Sponsored
महोतरीमा काग्रेसबाट निर्वाचित ३ मेयर मध्ये लोहारपट्टीका मेयर शैलेन्द्र यादव र बलवाका मेयर विनोद यादवले समेत जिल्ला सभापतिमा नागेश्वरलाई साथ दिंदा पहिलो चरणमै नागेश्वर निर्वाचित हुने सम्भावना उच्च रहेको सो पक्षको दावी छ ।
बजरंग नेपाली र सुशिल यादव पक्षले आ आफ्ना तर्क गर्दै जित्ने सम्भावना रहेको दावी गरेका छन् ।