TodayPati

काँग्रेसको धनुषा अधिवेशन : शीर्ष नेताले आश्वासन बिर्सेपछि चुनावको स्थिति

विजय साह –
जनकपुरधाम, फागुन १८ गते ।

नेपाली काँग्रेसको धनुषा सभापतिमा उम्मेदवारी घोषणा गरेका सन्तोष यादवले उप्पलो दर्जाका नेताहरु आश्वासन विर्सेकाले पार्टीको १४ औं अधिवेशनबाट पदाधिकारी छनौट गर्न निर्वाचनको स्थिति आएको बताएका छन् ।

पार्टीको वर्तमान जिल्ला उपसभापतिसमेत रहेका सभापति पदका उम्मेदवार यादवले मंगलबार ढल्केवरमा पार्टीका कार्यकतासँगको भेटघाटको क्रममा १३ औं अधिवेशनका बेला माथिल्लो दर्जाका नेताहरु आफूलाई दिएको आश्वासन बिर्सेको बताए ।

Sponsored

१३ औं अधिवेशनको क्रममा आफू जिल्ला सभापतिमा उम्मेदवारी दिएको भएपनि अन्तिम समयमा आएर विमलेन्द्र निधि, रामसरोज यादव, रामकृष्ण यादव, महेन्द्र यादव, स्मृतिनारायण चौधरी र आन्नद ढुङ्गानालगायत पार्टीका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार सभापतिको उम्मेदवारी फिर्ता लिएँ । ‘सहमतिअनुसार यस पटक महेशशङ्ककर गिरीलाई सभापतिका लागि स्थान सुरक्षित गरिदिन र १४ औं अधिवेशनमा सभापतिमा सघाउने आश्वासन नेता निधिले दिएको थियो ।

त्यतिखेर उनीहरुले दिएको आश्वासनको पालना गर्दै उपसभापतिमा चित्त बुझाएँ । यतिखेर भने विमलेन्द्र निधि र रामकृष्ण यादव आ–आफ्ना गुटबाट उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा उतारेका छन् । विगतका सहमतिअनुसार आफूलाई सभापतिमा सघाउन नेता निधि र रामकृष्णसँग आग्रहसमेत उनले गरे ।

पार्टीको एक अनुशासित कार्यकर्ता भएर लामो समयदेखि पार्टी उत्थानको काममा खटिरहेको बताउँदै सभापतिका उम्मेदवार यादवले नेपाली काँग्रेसलाई उचाइँमा पु¥याउन उम्मेदवारी दिएकाले सबैलाई सहयोग गर्न उनले अपिल गरे ।
नेपाली काँग्रेसका युवा नेता बुधेश्वर महतोले आसन्न अधिवशेनबाट जिल्ला पदाधिकारी निर्वाचनबाटै छिनोफानो हुने बताए । गुटहरुबीच सभापतिको विषयलाई लिएर गरिएको सहमति प्रयास खेर गएपछि निर्वाचनबाटै सम्पूर्ण पदाधिकारी छनौट हुने निश्चितजस्तै भएको उनले जानकारी दिए ।

Sponsored

सन्तोष यादवलाई सभापति र योगेन्द्र पजियार र दिनेश प्रसैलालाई उपसभापति बनाउन गरिएको प्रस्ताव नेता निधि र रामकृष्णले अस्वीकार गरिदिएको छ । सहमतिको अव कुनै सम्भावना पनि नभएको नेता बुधेश्वरले भने । तीन कार्यकाल जिल्ला कार्यसमितिमा बिताइसकेको तथा एउटा अग्रजको नेता मान्यताले पनि यादवलाई सभापतिका लागि मार्ग प्रशस्त गर्नुपथ्र्यो । तर त्यसो हुन सकेन उनले भने ।

महेन्द्र यादव, आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, समिर घिमिरेलगायत पार्टीका अधिकांश शीर्ष नेता सन्तोषको पक्षमा उभिएको छ । यसले गर्दा पनि सभापतिमा उनको जित सुनिश्चित रहेको आँकलन गरिएको छ ।

नेपाली काँग्रेस धनुषा सभापतिका लागि निधि गुटबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियार र कोइराला गुटबाट पूर्व संविधान सभासदस्य दिनेश प्रसौला उम्मेदवारी घोषणा गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *