एमसिसी पारित भएपछि अमेरीकी विदेशमन्त्री ब्लिन्कन र प्रधानमन्त्री देउवाबीच फोन संवाद
टुडेपाटी-
जनकपुरधाम,फागुन १८ गते ।
एमसिसी सम्झौत संसदबाट पारित भएपछि अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी भएको छ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच मंगलबार राति टेलीफोन संवाद भएको हो ।
यो कुरा अमेरीकी विदेशमन्त्री ब्लिनकनले टुइटरमा जनाएका छन् ।
रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे पनि दुवैजनाबीच छलफल भएको जनाइएको छ ।
त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्।
Sponsored
‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन् ।
प्रधानमन्त्री देउवाको सचिवालयले भने उक्त कुराकानीबारे जानकारी सार्वजनिक गरिसकेको छैन।