एमाले धनुषामा विवाद, एक पक्षले बैठक स्थगित गरे, अर्को पक्षले यथावत
टुडेपाटी
जनकपुरधाम, फागुन १६ गते ।
नेकपा एमाले धनुषामा विवाद चुलिएको छ । आज हुने भनिएको जिल्ला बैठकलाई लिएर छुट्टा छुट्टै सूचना जारी गरेपछि विवाद सतहमा आएको हो ।
पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे ।
त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।
अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबारे भ्रम फैलाइएको जनाए ।
Sponsored