जसपाबाट १४ नेताकार्यकर्ता निष्कासित
टुडेपाटी-
पोखरा, फागुन १६ गते ।
जनता समाजवादी पार्टी (जसपा)बाट १४ नेता कार्यकर्ता निकालिएका छन् ।
गण्डकी प्रदेशका आफ्ना १४ जना नेता कार्यकर्तालाई जसपाले कारबाही गरी पार्टीबाट निकालेको हो ।
जसपाको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको हो ।
प्रदेश कमिटी अध्यक्ष मोती रिजाल र कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले आइतबार प्रेस विज्ञप्तिमार्फत् १४ जना नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरिएको जानकारी दिएका हुन् ।
निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तामाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुलबहादुर भुजेल, लक्ष्मण गुरुङ, मंगल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपालमान गुरुङ र खड्कबहादुर गुरुङ रहेका छन् ।
Sponsored