चर्को विरोधाका बीच अन्ततः एमसीसी सम्झौता पारित
टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ।
प्रतिनिधिसभाको आइतवार राति दोस्रो पटक बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी सम्झौता बहुमतले पारित भएको छ ।
सत्तारुढ दलले पारित गरेको ११ बुँदे व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्ले एकवटा थपेर १२ बुँदे बनाउँदै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा लिने र नेपालको संविधान नै माथि हुने उल्लेख गरेर पारित गरिएको हो । उपस्थित सांसदको ध्वनी मतको बहुमतले एमसिसी सम्झौता परित भएको सभामुख अग्नी सापकोटाले घोषणा गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा सम्झौता अनुमोदन प्रस्ताव गरेका थिए ।
१२ बुँदे व्याख्यात्मक टिप्पणीको उपाय झिकिएपछि तत्काललाई पाँच दलीय गठबन्धन पनि फुट्नबाट जोगिएको छ। यो व्याख्यापछि एमसीसीको विरोधमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि पारितका लागि तयार भएका थिए।
Sponsored
आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदनको निर्णय लिएको थियो।
एमसीसी पारितलाई लिएर सत्तारुढ केही दलमा चर्को असन्तुष्टि देखिएको छ । जनतामा व्यापक निराशा छाएको छ भने चौतर्फी विरोध र आलोचना भइरहेको छ ।