हंसपुर नगरपालिकामा लगाइएको ताला खुल्यो
टुडेपाटी-
जनकपुरधाम, फागुन १४ गते ।
धनुषाको हंसपुर नगरपालिकामा स्थानीयबासिन्दाले गरेको तालाबन्दी समहमतिमा खोलिएको छ ।
बिहीबार गरिएको तालाबन्दी शुक्रबार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा खोलिएको हो ।
पाँच सुत्रिय सहमति पश्चात तालाबन्दी खोलिएको जनाइएको छ ।
आधिकारिक कर्मचारीको चिठ्ठी उपलब्ध गराउने, नगरपालिका विवादमा पुनः नफस्ने, नगरपालिकाको चारवर्षसम्मको सम्पूर्ण आयव्यय पारदर्शी गर्ने, आ.व. २०७८।०७९ को योजनाहरु नगरसभाबाट प्रमाणि प्रतिलिपी उपलब्ध गराउने र हालसम्म गाडीको विवरण एवं अवस्था उपलब्ध गराउने लगायतको सहमति भएको हो ।
बिहीबार हँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरेर अधिकृत केशव अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बलिराम कापरीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको मुख्य प्रवेशद्वारमा ताला लगाएका थिए ।
Sponsored
सम्बन्धित समाचार–