TodayPati

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, कार्यालय अगाडी प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, फागुन १३ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

Sponsored

मध्यान्न १२ बजे बैठक बने तय भएको नेताहरुले बताएका छन् ।

एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा.बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा जसपा कार्यालय अगाडी प्रदर्शन भइरहेको छ ।

Sponsored

एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *