सत्तागठबन्धनको औचित्य सकेको कांग्रेसको घोषणा
टुडेपाटी–
काठमाडौँ, फागुन १२ गते ।
नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको औचित्य सकिएको घोषणा गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवनमै प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेपछि कांग्रेसले अब गठबन्धन धरापमा परेको बताएको हो ।
दुबै दलका शीर्ष नेताहरुको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या भएको दाबी गरे।
उनले एमसिसीको विषयमा समाधान धारणा नभएपछि गठबन्धन धरापमा परिसकेको बताए । गठबन्धनमा रहेका दलहरुबीच यो विषयलाई अन्देखा गरेर अरु विषयमा मिलेर जाने कुरा नहेको उनले बताए ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीले एमसिसी पारित गरेर जाने विषयमा छलफल गरेका हुन् ।
Sponsored
अब ओली र देउवाबीच पार्टीमा आन्तरिक छलफल गरेर साँझ फेरि भेटवार्ता हुने थापाले जानकारी दिए ।