TodayPati

युएईसँग पराजित भएसँगै टी–२० विश्वकप खेल्ने नेपालको सपना टुट्यो

टुडेपाटी–
काठमाडौँ, फागुन १० गते ।

टी–२० विश्वकप छनोट अन्तर्गतको सेमिफाइनल म्याच हारेसँगै अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना टुटेको छ ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो।

Sponsored

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

जवाफी व्याटिङ थालेको नेपालले १८ ओभर चार बलमा अलआउट हुँदै १०७ रन मात्रै बनाउन सक्यो।
नेपालका दीपेन्द्र सिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाए पनि अन्य कुनैपनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

युएई सेमिफाइनल म्याच जितेसँगै अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *